७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

नियमविपरित व्यक्तिगत तवरमा राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रालयको निर्देशन



काठमाडौं । नियमविपरित व्यक्तिगत तवरमा राखिएका सुरक्षाकर्मी र सहयोगीलाई ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

गृहमन्त्रीमा रवि लामिछाने प्रवेश गरेको भोलिपल्टै मन्त्रालयले मातहतका सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालय आज विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न निर्देशन दिएको हो ।

विज्ञप्तिमा ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा नियकालाई निर्देशन गरिसकिएको हुँदा उक्ता कार्यविधि पालना गर्नुहुन सबैमा अनुरोध छ ।’

 

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ०४ बजे

विद्यार्थीलाई नमाज पढ्नका लागि आइतबारको सट्टा शुक्रबार सार्वजनिक बिदा

नेपालगन्ज । संघीय सरकारले घोषणा गरेको दुईदिने सार्वजनिक बिदालाई बाँकेको

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनीजोमसोमकोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौं । टोखा नगरपालिका-७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

चितवन । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा, इजलास सञ्चालन नहुने

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन