२५ भदौ २०८३, बिहिबार | September 11, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ जना कर्मचारीमाथि लाग्यो भ्रष्टाचारको आरोप



बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २४ जना कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वरजिष्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ ।

प्रतिष्ठानका सर्जन विभागका एकजना चिकित्सकका अनुसार तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा।डा। संगीता भण्डारीको कार्यकालमा सिटीस्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको भन्दै लिखितरूपमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले पत्र काटेको हो । उनका अनुसार प्रतिष्ठानका पूर्वरजिस्ट्रार रामप्रसाद प्याकुरेल, पूर्रवकायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, पूर्वकामु रजिस्ट्रार एवं हालका डेपुटी रजिस्ट्रार झंकार लामिछाने, डिन डा। सागर पन्थीलाई अख्तियारले बयानका लागि पत्र पठाएको छ । उनीहरू सबैजसो मूल्यांकन र खरिद समितिको संयोजकसहित महत्वपूर्ण पदमा थिए ।

त्यस्तै अख्तियारले झंकारकी श्रीमती तत्कालीन नर्सिङ अधिकृत बिन्दु पौडेल, लेखा अधिकृतहरु राजीव बस्नेत, श्रीराम चौधरी, रेडियोलोजिष्ट डा. बम बिसी, लेखा अधिकृत छाया डिसी, अन्जु शर्मालाई पनि बयानका लागि पत्र काटेको छ । त्यस्तै सिटीस्क्यान र एमआरआईको ठेकेदारसँग मिलेर स्पेसिफिकेसन तयार गर्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शरद भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारीलाई पनि अख्तियारले पत्र काटेको ती चिकित्सकले जानकारी दिए । त्यस्तै डा। शिरिसा पोखरेल, पूर्व कर्मचारी मेघराज अधिकारी, फिजियोथेरापिष्ट पूजा मण्डल, चार्टर्ड एकाउन्टेन्ट नितुन कुर्मीसहित अन्य कर्मचारीलाई पनि बयानका लागि पत्र काटेको छ ।

अख्तियार काठमाडौंको पत्रसहित बुटवलको अख्तियारको सम्पर्क कार्यालयमा कर्मचारीले लिखित बयान दिएका छन् । अख्तियारले बयानका लागि पत्र काटेर बोलाएपछि एकजना पूर्व लेखा अधिकृतले पूर्वउपकुलपति भण्डारीको निर्देशनमा स्थानीय केही ब्यवसायीको मिलेमतोमा गलत काम भएको बताउँदै अष्ट्रेलियामा रहेका चार्टर्ड एकाउन्टेन्टको डकुमेन्ट प्रयोग गरेर प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा काम भएको बताए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ३४ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ