७ कार्तिक २०८३, शनिबार | October 24, 2026

डीएसपी ठगबहादुरलाई निलम्बन गर्न गृहमा सिफारिस



काठमाडौं । सुन व्यापारीसँग सुन पनि घुस पनि पचाउन खोजेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरीले गृह मन्त्रालयलाई सिफरिस गरेको छ ।

केसीले ब्यापारीबाट बरामद गरेको ३५ तोला सुन र सुन फिर्ता दिने सर्तमा ब्यापारीबाट बुझेको घुस रकम पनि पचाउन खोजेको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गर्ने क्रममा उनको निवासबाट सुन र नगद तथा चेक बरामद भएको थियो ।

केसीको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक सहित सीआईबीले केसीलाई नियन्त्रणमा लिएको थियो ।

सीबीआईले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो । जिल्ला हुँदै निलम्बनका लागि आएको सिफारिसलाई लुम्बिनी प्रदेश प्रहरीले प्धान कार्यालय र प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी नलप्रसाद उपाध्यायले बताए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : २४ बजे

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का