२९ बैशाख २०८१, शनिबार | May 11, 2024

निलम्बनमा परे बुटवलका डीएसपी ठगबहादुर केसी



काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा सीआईबीको नियनत्रणमा रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।

जिल्ला, प्रदेश हुँदै प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसको आधारमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको बताइएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको तथा ब्यापारीले पैसा बुझाएपछि मनि सुन फिर्ता नगरेको सूचनाका आधारमा उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।

डीएसपी केसीको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

केसीलाई निलम्बनका लागि जिल्ला प्रहरी रुपन्देहीले प्रदेश प्रहरीलाई, लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ४ : ३४ बजे

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम ज्ञान कर्णाली हाफ म्याराथन

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने

इभी बजारको विश्वव्यापी नेतृत्व गर्नबाट चीनलाई रोक्न सम्भव छैन

केही अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले चीनको इलेक्ट्रिक वाहन उद्योगमा औंला

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी