४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हीरावेन मोदीको एक सय वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्री मोदीले आमाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि गत बुधबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य जटिलता कारण आज शुक्रबार उनको निधन भएको अस्पतालले जनाएको छ ।

आमाको उपचारका लागि प्रधानमन्त्री मोदी गुजरातको अहमदावादस्थित अस्पतालमा पुगेका थिए । सो अवसरमा उनले आमाको स्वास्थ्यलाभको कामना गरेका थिए ।

गत जुनमा प्रधानमन्त्री मोदीले आमाको सय वर्षको जन्मोत्सव मनाएका थिए । हीरावेन मोदीको निधनप्रति भारतीय राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको