२० असार २०८३, शनिबार | July 4, 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हीरावेन मोदीको एक सय वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्री मोदीले आमाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि गत बुधबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य जटिलता कारण आज शुक्रबार उनको निधन भएको अस्पतालले जनाएको छ ।

आमाको उपचारका लागि प्रधानमन्त्री मोदी गुजरातको अहमदावादस्थित अस्पतालमा पुगेका थिए । सो अवसरमा उनले आमाको स्वास्थ्यलाभको कामना गरेका थिए ।

गत जुनमा प्रधानमन्त्री मोदीले आमाको सय वर्षको जन्मोत्सव मनाएका थिए । हीरावेन मोदीको निधनप्रति भारतीय राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : २५ बजे

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको