२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आर्सनललाई सात अंकको अग्रता



काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ४-२ ले पराजित गर्दै आर्सनल म्यानचेस्टर सिटीभन्दा सात अंकको अघि रहेको हो ।

जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १६ खेलबाट ४३ अंक छ । समान खेलबाट सिटीकोे ३६ अंक रहँदा पराजित ब्राइटन २४ अंकसहित आठौं स्थानमा रह्यो ।

भ्रमणकारी टोली आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गरे । यसैगरी बुकायो साका र इडवार्ड एन केटियाले एक एक गोल गरेका थिए । ब्राइटनका लागि काउरु मिटोमा र इभान फर्गुसनले समान एक गोल गरे ।

राति नै भएको खेलमा सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकियो । म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १-० ले पराजित ग-यो । यसैगरी फुलहमले साउथह्याम्पटन र क्रिस्टियल प्यालेसले  बर्थमाउथलाइ हरायो ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : १६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले