७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

तिलोत्तमामा ८० भन्दा बढी छाडा कुकुरको स्थायी बन्ध्याकरण शुरु



तिलोत्तमा । तिलोत्तामाका गाउँ तथा बिशेष बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिका पशु शाखाले सो को नियन्त्रण गर्न थालेकोे छ ।

कुकुरको सङ्ख्या बढ्न नदिनका लागि नगरपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको हो ।उक्त नगरपालिका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चर ( ycsa ) को आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ८० बढी भाले कुकुरलाई भ्यासेक्टोमी र अन्य पोथी कुकुरलाई मिनिल्याप गराएको थियो ।

नगरपालिकाको मंगलापुर स्थित रामजानकी मन्दिर साईडमा रहेको सम्झना युवा परिवारको प्राङ्गणमा रहेको सभाहलमा कुकुरहरु राखेर सोही स्थानमा कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो।

छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सडक दुर्घटना बढ्ने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशुसेवा कार्यालयका प्रमुख राजु कुँवर मगरले जानकारी दिए ।

नगरपालिकाभित्रको मुख्य बजार क्षेत्रका ८० बढी छाडा कुकुरलाई १ दिन अघि देखि नियन्त्रणमा लिएर सम्पुर्ण सुबिधा सहित सुरक्षितसाथ बन्ध्याकरण गरिएको उक्त नगरपालिकाले जनाएको छ ।

यो अभियानमा युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चर ( ycsa ) र स्थानीयवासीको उल्लेखनीय सहयोग हुनाका साथै उनीहरूमा खुशी छाएकाले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : ०० बजे

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौँ । मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच

निलो स्कार्फ सम्झाउँदै कांग्रेसको प्रश्न – ‘त्यो संसदीय थियो भने अहिलेको विरोध कसरी अमर्यादित ?’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले अघिल्लो प्रतिनिधिसभामा