१ मंसिर २०८३, मंगलबार | November 17, 2026

भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई एजेण्डामा समावेश गर्न माग



नेपालगन्ज । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माणको विषयलाई एजेण्डामा समावेश गर्न माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई स्मरण पत्र पठाइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्री शाहलाई स्मरणपत्र पठाइएको हो ।

नेपालगन्जमा सोमबार आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरे अनुसार आज प्रमुख जिल्ला अधिकारी तामाङ मार्फत प्रधानमन्त्री शाहलाई स्मरणपत्र पठाइएको हो । स्मरणपत्रमा प्रधानमन्त्रीको भारत भ्रमणमा बाँकेको समृद्धिसँग जोडिएको दुई विषयलाई प्राथमिकताका साथ उठाउन आग गरिएको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष चिरञ्जीवी वलीले जानकारी दिए ।

स्मरणपत्रमार्फत पश्चिम नेपालको आर्थिक, पर्यटन तथा व्यापारिक विकाससँग प्रत्यक्ष जोडिएका नेपालगन्ज–दिल्ली सिधा हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा समेट्न सरकारसँग आग्रह गरिएको छ ।

नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्न सुख्खा बन्दरगाह निर्माणको विषयलाई भारतसँगको उच्चस्तरीय छलफलमा प्राथमिकताका साथ उठाउन स्मरणपत्रमा माग गरिएको छ ।

नेपालगन्ज-दिल्ली सिधा हवाई उडान भएमा यस क्षेत्रको पर्यटन, धार्मिक, शिक्षा, स्वास्थ्यमा ठूलो फड्को मार्ने स्मरणपत्रमा उल्लेख गरिएको छ । बर्षेनी ठूलो संख्यामा भारतीय पर्यटक कैलाश मानसरोबर जाने गर्दछन् । नेपालगन्ज-दिल्ली हवाई उडान सकेमा नेपालगन्ज पर्यटनको प्रवेशद्वार बन्ने संघका अध्यक्ष वलीले बताए ।

नेपालगन्जमा लामो समयपछि एकीकृत जाँच चौकी निर्माण भएको छ । यसलाई स्तर उन्नति गरेर सुख्खा बन्दरगाह बनाउन सकेमा आयात(निर्यात व्यापारमा ठूलो टेवा पुग्ने पत्रमा उल्लेख छ ।

नेपालगन्ज विमानस्थलको स्तर उन्नति भएर अन्तर्राष्ट्रिय उडान भर्न सक्ने अवस्थामा पुगेपनि यसअघिका सरकारको तर्फबाट भारतसँग यश एजेण्डालाई गम्भीरतापूर्वक उठाउन सकेका छैनन् ।

स्मरणपत्र बुझाउन संघका पदाधिकारीसँगै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, रास्वपा, काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी, नागरिक समाजका अगुवाहरुको टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

स्मरणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले यस विषयमा आफूले आएदेखि नै निरन्तर संवाद गरेको र अहिले बुझाएको पत्र आज नै पठाईदिने प्रतिबद्धता जनाए ।

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनको माग यसअघि पनि विभिन्न समयमा उठ्दै आएको छ । निजी क्षेत्र, उद्योगी व्यवसायी, राजनीतिक दल तथा अन्य सरोकारवालाले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि उक्त मागले अझै मूर्तरूप पाउन सकेको छैन । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण पूर्व पनि उक्त माग समावेश गर्न बाँकेबासीको तर्फबाट ध्यानाकर्षण गरिएको थियो ।

प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि दुई दिने भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस भ्रमणबाट बाँकेवासीले लामो समयदेखि उठाउँदै आएका हवाई उडान र सुख्खा बन्दरगाह निर्माणका माग सम्बोधन हुने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ८ : ५३ बजे

Your email address will not be published.

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण

भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई एजेण्डामा समावेश गर्न माग

नेपालगन्ज । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन

नेपालगन्जमा कर सप्ताह सुरु

नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्टबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा