२१ बैशाख २०८३, सोमबार | May 4, 2026

नेपालगन्जमा फैलियो दादुरा महामारी, १ बालकको दादुराबाट मृत्यु



नेपालगन्ज । नेपालगन्जमा फैलिएको दादुराको माहामारिबाट एक बालकको ज्यान गएको छ । नेपालगन्ज–५ का २ वर्ष ५ महिनाको एक बालकको दादुरा माहामारिका कारण मृत्यु भएको हो । बालकलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको नेपालगन्ज उपमहानगरको स्वास्थ्यशाखाले पुष्टि गरेको छ ।

मृतक बिरामी बालकमा दादुराको चिन्ह लक्षण देखिएको नेपालगञ्ज उपमहानगपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । उनले बिरामी बालकलाई ज्वोरो आउने लगायत दादुराको लक्षण देखिएको अवस्थामा उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको बताए । ‘हामीले मृत्यु भएको बालकले खोप लगाए नलगाएको समेत खोजिनीति गर्दै छौ ।’ उनले भने ।

सन २०२३ मा दादुरा उन्मुलनको घोषणा गर्ने तयारी रहेकै बेलामा नेपालगञ्जमा एकाएक दादुरा संक्रमण देखिएको हो । नेपालगञ्ज उपमहानगरका विभिन्न वडाहरुमा दादुराको संक्रमण देखिएको छ ।

नेपालगञ्जका आधा दर्जन वडामा दादुराको बिरामी देखा परेका छन् । ५, ७, ८, १०, १५, २२ नम्बरमा दादुराका बिरामी देखा परेका छन् । यी वडाहरुमा कम्तीमा २५ जनालाई दादुरा पुष्टि भइसकेको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दले विशेषज्ञहरुको टीम टोलटोलमा पुगेर जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने, अभिलेख लिने र छिट्टै खोपको अभियान चलाउने तयारी गरेको बताए ।

नेपालगञ्जमा दादुराबाट दुईदर्जन बढी संक्रमित भएको र यो भन्दा बढी पनि हुनसक्ने आँकलन गरिएको छ । शुरुमा एकाघरमा ४ जनामा दादुरा देखिएपछि दादुरा संक्रमितको खोजी गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १० : ०१ बजे

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो