१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सेयर बजार १८.०९ अंकले बढ्यो, ५ अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १८.०९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ । बिही‍बार ०.८५ प्रतिशतले सेयर बजार बढेको हो ।

बुधबार नेप्से परिसूचकमा ६४।८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढिको सेयर कारोबार भएको थियो ।

बिहिबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।
हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै रिडी पावर कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

बिहीबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । जसमा, चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, द्यौलागिरि लघुवित्त, खप्तड लघुवित्त, श्रीजनशील लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त ‍वित्तीय संस्था, मिर्मिरे लघुवित्त, किसान लघुवित्त , नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड, धौलागिरि लघुवित्त, बाराही हाइड्रोपावर, हिमालयन उर्जा, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, कुल १४७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६२ कम्पनीमा ओरालो लागेको छ । ४ कम्पनी भने स्थिर रहेको छ ।

बिहीबार १३ उपसूचकहरू मध्ये बैंकिङ र अन्य इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली छाएको छ

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ४ : ५३ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो