१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

जिल्ला सहकारी संघ रुपन्देहीको साधारणसभा सम्पन्न, सहकारी सदस्यता शुद्धिकरणमा जोड



बुटवल । जिल्ला सहकारी संघ रुपन्देहीको ३८ औं वार्षिक साधारण सभा भएको छ । साधारण सभालाई संवोधन गर्दै प्रदेशको सहकारी दर्ता अधिकारी कार्यालयका प्रमुख भिम प्रसाद तिवारीले सहकारीका सदस्यहरुको विचमा सदस्यता शुद्धिकरण आवश्यक रहेको बताएका थिए ।

उनले सहकारी ऐन २०७४ अनुसार एक व्याक्ति एक सहकारी को परिकल्पना गरेको भन्दै सोही अनुसार कार्य गर्नुपर्ने बताएका थिए । पछिल्लो समयमा केही सहकारीको कारण सहकारी अभियान नै नराम्रो सन्देश पैदा भएको भन्दे उनले सहकारीको मुल्य, मान्यता र मर्म अनुसार नै अगाडी बढ्नुको विकल्प नभएको बताएका थिए ।

साधारण सभामा प्रदेश बचत संघका अध्यक्ष श्रीकृष्ण नेपालले सहकारीका विचमा सहकार्य आवश्यक रहेको बताउदै सहकारी सदस्यहरुले आफ्नो सदस्य हुँदा, बचत गर्दा कहाँको सहकारी, कस्तो सहकारी, को को सञ्चालक हुन भन्ने विषयमा एकिन गरेर मात्रै शेयर सदस्यमा लगानी गर्न, बचत गर्न आग्रह गरे । उनले अहिले केही सहकारीको कारण सहकारी अभियान नै बदनाम भएको बताउदै बेलगामका सहकारीहरुलाई नियन्त्रण, नियमन तथा अनुगमन संयन्त्रको यथाशक्य व्यवस्थापन हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, कृषि सहकारी संघका केन्द्रीय सदस्य झुपा न्यौपाने, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सन्दीप सापकोटा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटो, दुग्ध उत्पादक कृषि सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लेखनाथ पाण्डे, केन्द्रीय सदस्य हरि प्रसाद काफ्ले, कृषि सहकारी प्रदेश अध्यक्ष नर बहादुर घर्ती मगर, जिल्ला बचत संघका अध्यक्ष बसन्त ढकाल, लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्मा, लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा संस्थाले गरेको कार्यबारेमा अध्यक्ष भिम प्रसाद तुलाचनले कार्यपत्र प्रस्तुत गर्दै जिल्ला सहकारी संघलाई अझ परिस्कृत बनाएर लैजानुको विकल्प नभएको बताएका थिए । साधारण सभा तथा अधिवेसनबाट नयाँ नेतृत्वको कार्यक्रम समेत रहेको सचिव टिका न्यौपानले जानकारी दिईन । कार्यक्रमा उपाध्यक्ष डोल प्रसाद अर्यालय, कोषाध्यक्ष दामोदर पंगेनी, लेखा समिति संयोजक जगन्नाथ गौतमले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ४ : ५९ बजे

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ