१४ असार २०८३, आइतबार | June 28, 2026

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आफैँ ओलीको निवास बालकोट पुगेका हुन् । दुई अध्यक्षबीच समसमायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेको बताइएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल चलिरहेकै बेला प्रचण्ड ओली निवास पुगेका हुन् ।

संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकारअनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँट हुने यस अघि शिर्श नेताहरुले सहमति गरिसकेका छन् ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय नफुटाउने सहमति भइसकेको छ । २५ जनामा नबढ्ने गरि मन्त्रिपरिषदले शुक्रबारसम्म पूर्णता पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : २३ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा