११ असार २०८३, बिहिबार | June 25, 2026

बाँकेमा दादुरा संक्रमितको संख्या ११५ पुग्यो, १ जनाको मृत्यु, २ जना गम्भीर



नेपालगन्ज । बाँकेको नेपालगन्ज र यस आसपासमा फैलिएको दादुरा महामारीबाट संक्रमित हुनेको संख्या ११५ जना पुगेको छ । यही पुस १२ गतेदेखि फैलिएको दादुरा माहामारीबाट संक्रमित हुने बालबालिकाको संख्या ११५ पुगेको छ भने माहामारीबाट एक जनाको ज्यान गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ३, ५, ७, ८, ९, १०, ११, १४, १५, १६ र २२ मा गरी १२ वटा वडाका ११३ जनामा संक्रमण देखिएको हो । बाँकेको खजुरा २ को गुराँसपुरमा २ जनामा संक्रमण देखिएको छ । आज मात्रै थप ५ जना दादुरा प्रभावित बालबालिका भेटिएका हुन् ।

उपमहानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमित मध्ये दुई बालबालिकाको अवस्था गम्भीर छ । वडा नम्बर ५ का उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

हाल सम्म ५८ जना संक्रमितलाई होम आइसोलेसनमा राखिएको र ५२ जना निको भइसकेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले बताए ।

दादुरा विरुद्धको खोप अभियान शुरु गरेको आज छैठौ दिनसम्म नेपालगञ्जका ७१६३ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन समेत रहेका श्रेष्ठले बताए । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : ०९ बजे

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी