२० भदौ २०८३, शनिबार | September 5, 2026

हास्यव्यङ्ग्य विधालाई पनि आचारसंहिताले बाँध्नुपर्यो



काठमाडौं । पछिल्लो समयमा सामाजिक सम्प्रदाय भड्काउने बहानामा विभिन्न हास्यव्यङ्ग्यका कार्यक्रम आइरहेको भन्दै टेलिभिजन तथा रेडियोमा हुने हास्यव्यङ्ग्य कार्यक्रमसम्बन्धी आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

वल्र्ड कम्युनिकेटर काउन्सिल (डब्लुसिसी), नेपाल च्याप्टरले यहाँ आज आयोजना गरेको अन्तत्र्रिmयामा सरोकारवालाले हास्यव्यङ्ग्य क्षेत्रलाई व्यवस्थित गर्न पत्रकारिताको आचारसहिंताको दायरामा ल्याउनुपर्ने वा त्यहीसम्बन्धी आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

रेडियो तथा टेलिभिजनमा हुने विभिन्न हास्यव्यङ्ग्यात्मक कार्यक्रमबारे विभिन्न समुदायबाट बेलाबेलामा विरोध हुन थालेपछि सरोकारवालाले सो विषयमा आचारसंहिता बनाउनुपर्ने धारणा राखेका हुन् ।

प्रदेश नं २ का प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले हास्यव्यङ्ग्य भन्दै पुस्तादेखि पुस्तासम्म विभिन्न भाषा र समुदायलाई प्रभाव पार्ने काम गरिरहेको टिप्पणी गरे ।

प्रेस काउन्सिल नेपालकी सदस्य सङ्गीता खड्काले व्यङ्ग्यात्मक कार्यक्रमले गर्दा सीमित व्यक्तिलाई रमाइलो गर्ला तर बढी मात्रामा सम्बन्धित समाजलाई ठोस पु-याउने गरेको बताए।

मानन्धरले हास्यव्यङ्ग्य कार्यक्रममा मधेशी र काठमाडौँको नेवारी समुदायलाई होच्याएर देखाउने गरेको टिप्पणी गरे ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : २७ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २