४ पुस २०८२, शुक्रबार | December 19, 2025

कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जीपुल सेवा सुचारु



पर्वत । लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ ।

केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो पैदलयात्री बञ्जीपुल बिहीबारदेखि नियमित रुपमा सञ्चालनमा आएका हुन् । कुस्मा–बलेवा यान्त्रिक पुल गएको चैत ९ गतेदेखि बन्द भएको थियो भने बञ्जीपुल व्यावसायिकरुपमा सञ्चालनमा नआउँदै लकडाउन सुरु भएको थियो ।

यात्रुको सेवालाई ध्यानमा राखेर सेवा सुचारु गरिएको कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। लकडाउन खुकुलो भएको र यात्रु आवतजावत गर्न थालेका कारण भौतिक दूरी कायम गरी सुरक्षाको उपाय अवलम्बन गरेर सेवा सुचारु गर्ने निर्णय गरिएको श्रेष्ठले जानकारी दिए। “लामो समयको बन्दपछि यात्रुको सुविधा र सुरक्षासमेतलाई ध्यान दिएर सेवा सुचारु गरेका छौँ”, उनले भने।

यान्त्रिक पुलमा यसअघि आठ जना यात्रु राखेर यात्रा गराइदै आएकोमा भौतिक दूरी कायम गराउन चार जना मात्रै यात्रु राखिनेछ । श्रेष्ठका अनुसार मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश गर्दा र झर्दा स्यानेटाइजर प्रयोग गर्ने व्यवस्थासमेत मिलाइएको छ । यान्त्रिक पुलबाट यस अघि दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्दै आएका छन् ।

यसैगरी सहासिक पर्यटनका लागि निर्माण गरिएको विश्वकै अग्लो पैदलयात्री बञ्जीपुलमा पनि बिहीबारदेखि नै नियमित सेवा सञ्चालनमा आउने भएको छ । कुस्मादेखि बागलुङको बलेवासम्म निर्माण गरिएको पुलमा आवतजावत गर्न शुल्क लिएर खुल्ला गरिएको ‘द क्लिफ’ का सञ्चालक नेत्र पराजुलीले जानकारी दिए । पुलमा १२० रुपैयाँ तिरेर आवतजावत खुल्ला गरिएको छ । पर्यटक र यात्रुको सुविधालाई ध्यानमा राखेर सुरक्षाका उपायसहित पुल सञ्चालनमा ल्याइएको उनले बताए ।

पुलमा उभिन नपाइने, सरासर यात्रा गर्नुपर्ने र मास्क अनिवार्यरुपमा लगाउनुपर्ने नियम बनाइएको छ । कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीको माथि ५३५ मिटर लम्बाइ र २४५ मिटर उचाइमा पुल निर्माण भएको छ ।

पुलमा नै सञ्चालनमा आएको विश्वको दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै अग्लो स्विङ र नेपालकै अग्लो लठ्ठे पिङ भने तत्काल सञ्चालनमा नआउने सञ्चालक पराजुलीले बताए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ९ : १७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज