२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

संविधान संशोधन विधेयकमाथि राष्ट्रियसभामा मतदान हुँदै, दलहरुबीच अभूतपूर्व एकताको पुनः प्रदर्शन हुने



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मत पास भएको संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा बिहीबार मतदान हुँदैछ ।

भारतीय अतिक्रमणका विरुद्ध एकमत भएका सबै राजनीतिक दलहरु संसदको माथिल्लो सदन राष्ट्रिय सभामा आज मतदान हुन लागेको हो ।

प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेको विधेयकलाई राष्ट्रिय सभामा असार १ गते पेश गरिएको थियो । सोही दिन सैद्धान्तिक छलफल सकेपछि संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर जारी गरेको नक्शालाई नेपालको निशान छापमा समावेश गर्न सरकारले संधिान संशोधन विधेयक–२०७७ संसदमा दर्ता गराएको थियो । प्रतिनिधिसभाबाट अभूतपूर्व एकताका साथ सर्वसम्मत पास भएको विधेयक राष्ट्रिय सभाबाट पनि सर्बसम्मतै पास हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय सभाबाट पनि दुई तिहाई बहुमतले विधेयक पास हुनुपर्छ । राष्ट्रिय सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको मात्रै दुईतिहाई बहुमत रहेको छ ।

विधेयक पारित गर्न राष्ट्रिय सभाको बैठक बस्दैछ । राष्ट्रिय सभाले विधेयक पारित गरिसकेपछि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई पठाउनेछन् ।

राष्ट्रपतिले विधेयकलाई प्रमाणिकरण गरेपछि औपचारिक रुपमा विधेयक संविधानको अंग बन्नेछ । नेपालको नयाँ नक्शाले औपचारिक रुपमा संवैधानिक मान्यता पाउनेछ ।

नेपालमा संविधान संशोधन प्रक्रियालाई रोक्न खोजेको भारतले नेपालका राजनीतिक दलहरुबीच राष्ट्रियताका सवालमा देखिएको अभूतपर्व एकतताबाट मर्माहत भएको छ । फुटाउ र राज गरेको शैलीमा आजसम्म नेपालको राजनीतिमा खेल्दै आफ्ना स्वार्थहरु पुरा गरेको भारतका लागि यो राष्ट्रिय एकता ठूलो झड्का बनेको छ । त्यसैकारण, भारतले नेपालमाथि दबाब बढाउन सीमाको विषयमा वार्ता नै नगर्ने नीति अख्तियार गरेको छ । नेपाललाई दृश्यमा नदेखिने गरी चोट पुर्याएर पुनः गलाउने रणनीति भारतले लिएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  १० : ०१ बजे

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा