५ माघ २०८२, सोमबार | January 19, 2026

आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला



रेसुङ्गा । विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् ।

तर गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा फरक दृश्य देखिएको छ । यहाँ ग्रामीण भेगका महिला आफैँ आत्मनिर्भर बन्ने अठोटका साथ आफैँले बनाएका सामग्री लिएर बेच्नको लागि टाढाटाढाबाट आएका हुन ।

रुकुम पूर्वबाट आफ्नो सीपले बनाएका सामग्री बिक्री गर्न ३५ जनाको समूह रिडीमा आएको छ । जसमध्ये ३१ महिला रहेको सुन्पुरा बुढाले बताए । उनीहरुले विशेष भेडाको ऊनबाट बनेका राडीपाखी, काम्ला र गलैँचालगायत सामग्री लिएर बेच्न आएका छन ।

बुढा उमेरले ५६ वर्ष पुगिन । यसरी वर्षभर घरमा फुर्सदको समयमा ऊनबाट सामग्री निर्माण गर्ने र मेलामौकामा बेच्न थालेको ३० वर्षअघि देखि हो । घरमा श्रीमान्ले भेडा पाल्ने र आफूहरु सामग्री बेच्नको लागि टाढाटाढा पुगेर जीविकोपार्जन गर्ने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका रुकुमपूर्वकी सुन्पुराले बताइन ।

आफैँले सङ्घर्ष गरेर आत्मनिर्भर बन्ने दौडमा रहेको सुन्पुुरा बुढाको भनाइ छ । “महिलाले घरायसी काम मात्र गर्नुपर्छ भन्ने पनि छैन”, उनले भनिन, “म त धेरै वर्षदेखि आफैँ आत्मनिर्भर बनेर घर खर्च चलाएकी छु ।” मेहनत र परिश्रम गरेपछि कुनै समस्या नहुने बुढाले बताइन । रुकुम पूर्वबाट आफैँले भेडाको ऊनबाट बनाएका सामग्री बेच्नको लागि १६ वर्षदेखि ६६ वर्ष उमेर समूहका महिला गुल्मीमा आएका छन । उनीहरुले एक हजारदेखि दुई हजारसम्ममा विभिन्न काम्ला, राडीपाखी र गलैँचा बेचिरहेका छन । दैनिक चारदेखि पाँच हजारसम्मको बिक्री भइरहेको अर्की खीमा छन्त्यालले जानकारी दिइन ।

आफूहरु अरु कसैको भर पर्न नपरोस् भन्ने हेतुले फुर्सदको समयमा निर्माण गरिएका सामग्री बेच्न ल्याएको सोही समूहकी सर्मीला बुढाले बताइन । “हामी आफैँले बनाएका सामग्री बिक्री मेलामा विभिन्न जिल्लामा पुग्छौँ”, उनले भनिन, “ब्यापारसँगै सीपको संरक्षण र आफैँ आत्मनिर्भर बन्न सकेका छौँ ।” जाडोयाममा निकै तातो हुने भेडाको ऊनबाट बनेका कपडा लोप हुँदै गएकोले आफू यसमा होमिएको सर्मीलाले बताइन ।

भेडा आफैँले पालेर त्यसको ऊनबाट गरिएको यो अर्को आम्दानी हो । आफूले धेरै भेडा पालेर ऊन महिला किन्न आउँदा दिने गरेको रुकुम पूर्वकै रामकुमार बुढाले बताइन । उनले दुई सयभन्दा बढी सङ्ख्यामा भेडा पालन गरेकी छिन । बुढाले वर्षको दुई पटक असोज र चैतमा भेडाबाट ऊन निकाल्छिन । १० वटा भेडाबाट निकालिएको सबै ऊनले एउटा काम्लो बन्ने उनको भनाइ छ । कम्तीमा ५० देखि ६० को सङ्ख्यामा भेडाहरु ३५ जनाकै घरमा पालेको उनीहरुले बताए ।

रुकुम पूर्वबाट गाडी चढेर सामग्री बिक्रीका लागि गुल्मीको रिडीमा पुस मसान्तमा आएका उनीहरु माघ ५ गतेसम्म बस्छन । उनीहरुका कारण रिडीमा लाग्ने माघी मेलालाई परम्परागत हस्तकलाबाट निर्मित सामग्रीको ब्यापार मेला पनि भन्ने गरिन्छ ।

रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले रिडीमा लाग्ने मेलामा परम्परागत सामाग्रीको किनबेचले थप रौनकता थपेको बताए । टाढाटाढाबाट आएर हस्तकलाबाट निर्मित सामग्री बेच्ने व्यवसायीलाई सहजीकरण गरिरहेको उनको भनाइ छ । रिडीमा रुरु फ्रेन्ड क्लबले माघी मेला आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ०६ बजे

भूराजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट उम्मेदबार बनेँ : बाबुराम

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय

पत्रकारको प्रश्नमा झापा-५ बारे ओलीले भने – “के को इपिसेन्टर ? वाइहात!”

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ-१ बाट सामाजिक अभियन्ता

काठमाडौं-५ मा नेकपाको उम्मेदवार कल्पना शर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि

रमेश मल्ललाई बनायो नेकपाले सल्यानको उम्मेदवार

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यान जिल्लामा नेपाली कम्युनिस्ट