१३ असार २०८३, शनिबार | June 27, 2026

प्रधानमन्त्री ओलीको कोरोना भविष्यवाणी : साउन-भदौको पहिलो साता उच्च, फागुनसम्म नियन्त्रणमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनको अन्तिमतिर र भदौको सुरुमा कोरोना संक्रमण उच्चतम बिन्दूमा पुग्न सक्ने विश्लेषण गरेका छन् ।

राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बिहीबार प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण चैत्रदेखि बैशाख मन्त्यसम्म भन्दा जेठमा महिनामा बढेको भन्दै साउनको अन्तसम्ममा पिकमा पुग्ने विश्लेषण गरेका हुन् ।

त्यसपछि भने केही समय विस्तारै संक्रमणको ग्राफ ओरालो लाग्ने उनको अनुमान छ । ओलीले भने ‘दशैं तिहार र छठ जस्ता चाडहरु आउँदैछन् । यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ ।

ओलीले भने, ‘हाम्रा आनीबानी र व्यवहारले दशैँ तिहार र छठजस्ता पर्वले कोरोना झन् बढाउँछ भन्ने डर छ ।’ दशैं अघि घटेको ग्राफ चाडबाडमा बढेमा मंसिरमा फेरि चर्किन सक्ने प्रधानमन्त्री ओलीको अनुमान छ ।

आगामी पुष माघसम्ममा मात्र नियन्त्रण गर्नसक्ने प्रधानमन्त्रीको विश्वास छ । तर, यसका लागि संक्रमण रोक्नु र बाहिरबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा राख्नु आवश्यक हुने ओलीले बताए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ४ : ०७ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को