१३ माघ २०८२, मंगलबार | January 27, 2026

लुम्बिनी प्रदेशका सभामुख घर्तीले गरे सपथ लगत्तै सहिद लखन थापाको सालिकमा माल्यार्पण



बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले आफ्नो पदभार सम्हाल्नु अघि नेपालका पहिलो सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका छन् । लुमिबनी प्रदेश प्रमुख अमिक शेरचनसँग सपथ खाए लगत्तै सभामुख घर्ती बुटवलको राजमार्ग चौराहा स्थित सहिद लखन थापाको सालिहमा माल्यार्पण गर्न पुगेका थिए ।

मंगलबार प्रदेशसभाबाट निर्विरोध निर्वाचित भएका सभामुख घर्तीले आज बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएका थिए । प्रदेश प्रमुख शेरचनसँग सफथ लिएपछि घर्तीले उपसभामुख मन्जु खाँण केसीलाई सपथ गराएका थिए ।

प्रदेश प्रमुखको कार्यालयमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिएर उनी सिधै राजमार्ग चौराहाको लखन चोकमा पुगेर सालिकमा माल्यार्पण गरे ।

उनले पत्रकारहरुसँग कुरा गर्दै प्रदेशसभाको अघिल्लो कार्यकालमा बाँकी रहेका कामनुन बनाउने कामहरु वर्तमान प्रदेशसभाले सम्पन्न गर्ने जनाएका थिए । सबै दललाई समान व्यवहार र समान सम्मान प्रदान गरेर प्रदेशसभालाई एक ढिक्का बनाएर लैजान आफ्नो प्रयास रहने उनको भनाई छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ५ : १८ बजे

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु