१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

एभरेष्ट भलिबल कपको उपाधि कुवरवर्ती र एभरेष्टलाई



आठौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट भलिबल कपमा छात्र कुवरवर्ती र छात्रा एभरेष्टलाई उपाध

बुटवल । बुटवलमा सम्पन्न आठौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट भलिबल कप छात्र(छात्रा भलिबल प्रतियोगिता २०७९ को उपाधि छात्रतर्फ कुवरवर्ती बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले उपाधी चुमेका छन ।

एभरेष्ट बोर्डिङ स्कुलको आयोजनामा आईतबार भएको छात्र फाईनल खेलमा कुवरवर्तीले मणिमुकुन्द माविलाई ३–१ को सेट तथा छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुवरवर्ती बोर्डिङ स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।

प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा उपविजेता छात्रतर्फ मणिमुकुन्द मावि र छात्रातर्फ कुवरवर्ती नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन । प्रतियोगितामा छात्रतर्फ कुवरवर्तीका सुर्य बिक र छात्रातर्फ एभरेष्ट कि शान्ता सुनार उत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।

स्कुलको भलिबल कोर्टमा भएको छात्र फाईनल खेलको पहिलो सेट कुवरवर्तीले २५-१९ अंकले जित्दै अग्रता लियो । दोस्रो सेट मणिमुकुन्दले २५-१९ अंकले जित निकाल्दै खेल बराबरीमा ल्यायो । तेस्रो सेट र चौथो सेट भने कुवरवर्तीले २५-२३, २५-२२ अंकले जित्दै उपाधि चुम्न सफल भयो ।

यसैगरि छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुवरवर्ती बोर्डिङ स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । फाईनलमा खेलमा एभरेष्टले कुवरवर्तीलाई २५-१६, २५-११, २५-१२ को अंकले खेल जितेको हो । प्रतियोगितामा छात्रतर्फ सेन्ट जोसेफ बोर्डिङ स्कुल तथा छात्रातर्फ न्यु होराईजन तेस्रो हुदै नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, कालिका मानव ज्ञान माबि ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका मानवज्ञान कलेजका प्राध्यापक घनश्याम पाठक, विद्यालय ब्यवस्थापन समितिका सदस्य भिम बहादुर श्रेष्ठ, प्रधानाध्यापक कृष्ण न्याौपाने, सहप्रधानाध्यापक भिमसेन गौतमले विजयी टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : १५ बजे

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न