१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जिल्लास्तरीय एभरेष्ट कपमा छ विद्यालयको विजयी सुरुवात



बुटवल । आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र-छात्रा भलिबल प्रतियोगिता शुक्रबारदेखि बुटवलमा शुरु भएको छ । विद्यालयस्तरका भलिबल खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एभरेष्ट इङलिस मावि सुख्खानगरको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

तीन दिन चल्ने प्रतियोगिताको एक समारोहका बिच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै एभरेष्ट स्कुलले भलिबल खेलको विकासमा पुर्याएको महत्वपुर्ण योगदानको चर्चा गरे ।

उनले सरकारबाट गरिनुपर्ने खेल क्षेत्रको विकासमा निजि क्षेत्रबाट भएका लगानी र योगदान उल्लेखनीय रहेको बताउदै प्रदेशसँग समन्वय गरे खेल क्षेत्रको विकासलाई अझ मजबुद बनाउन सकिने विचार राखे । विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले शैक्षिकसँग विद्यार्थीको शारिरिक विकास हुन पनि अतिनै आवश्यक हुने भएकाले एभरेष्ट लगायतका विद्यालयहरुले विभिन्न समयमा खेलकुद प्रतियोगिताको आयोजना गरे खेल क्षेत्रमै ठुलो जनशक्ति उत्पादन गर्न सफल भएको बताए ।

कार्यक्रममा राष्ट्रिय महिला टिमका प्रशिक्षक जगदिश भट्टले राष्ट्रिय खेल भलिबलको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्ने कार्यमा विद्यालयहरुले खेलको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै खेलकुद केवल खेल र खेलाडी बन्नेमात्र नभई एउटा स्वस्थ्य नागरिक निर्माण गर्न समेत महत्वपुर्ण रहेको भनाई राखे ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले नीजि विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने सुझाव दिदै अध्ययन अध्यापनसंगै खेलकुद गतिविधिमा आफुहरु अगाडि रहेको बताए । खेलकुदले विद्यार्थीहरुलाई शारिरिक, मानसिक र अनुशासित बनाउन समेत मद्दत मिल्ने भन्दै उनले विधागत रुपमा प्रशिक्षकको नियुक्ति गरेर विभिन्न खेलमा नियमित प्रशिक्षण दिदै आएको बताए ।

शिक्षक माधव पौडेलले संचालन गरेको कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, हिसान रुपन्देही अध्यक्ष दिनेश भुसाल, जिल्ला भलिबल संघका उपाध्यक्ष लोकेन्द्र भण्डारी विद्यालयका सहप्राचार्य भिमसेन गौतम लगायतले विद्यालयमा शैक्षिकमात्र नभई विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन खेलकुदको पनि उत्तिकै भुमिका रहने भएकाले संस्थागत विद्यालयहरुको योगदान ठुलो रहेको चर्चा गरे ।

प्रतियोगिता अन्तरगत शुक्रबार छात्र-छात्रातर्फगरी ६ वटा खेलहरु सम्पन्न भएका छन् । शुक्रबार भएको खेलमा छात्रतर्फ मणिमुकुन्द मावि, नवज्योती मावि, होराईन मावि र दिप बोर्डिङ्ग विजयी हुँदै अघिल्लो चरणमा प्रबेश गरेका छन् । यस्तै छात्रातर्फ कान्ति मावि र कुमारवर्ती मावि विजयीहुँदै अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

एभरेष्टको विद्यालय परिषरमै भएको उद्घाटन खेलमा छात्रतर्फ मणिमुकुन्द माबि विजयी भएको छ । मणिमुकुन्दले देवदह माबिलाई २-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । यस्तै नवज्योती मावि र सिद्धार्थ बोडिङ स्कुलका विचमा भएको खेलमा नवज्योती २-१ ले विजयी भएको छ ।

त्यसैगरी छात्रतर्फकै तेस्रो खेलमा होराईजन र भग्लापुर माबिको खेलमा भग्लापुर डिस क्लालीफाईड भएपछि होराईजन अघिल्लो चरणमा प्रवेश गरेको छ । चौथो खेलमा दिप बोडिङ्गले कान्ति माविलाई २-१ ले हराएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तैगरी छात्रातर्फको खेलमा सिद्धार्थ इङ्गलिस माविलाई कान्ती माविले २-० ले र कुमावर्ति इङलिस माविले सुनगाभा पब्लिक माविलाई २-० ले जितेको भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेता नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने भलिवल प्रशिक्षक घिमिरेले बताए । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएको संयोजक घिमिरेले बताए । अघिल्लो संस्करणमा छात्रतर्फ मणिमुकुन्द र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले उपाधी उचालेको थियो । प्रतियोगिताको फाईनल खेल आईतबार हुने छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ५८ बजे

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न