११ असार २०८३, बिहिबार | June 26, 2026

नेकपा र चिनियाँ कम्युनिष्ट नेताहरुबीच बृहत अन्तक्रिया हुँदै, दुवैतिरका एकसय बढी नेता सहभागी हुने



काठमाडौं । नेपाल र भारतबीच एवं भारत र चीनबीच सीमा विवाद बढिरहेको समयकै बीच नेपाल र चीनका कम्युनिष्ठ नेताहरुबीच वृहत छलफल हुनलागेको छ ।

यो छलफलमा सीमाको विषय एजेण्डा नबने पनि दुई कम्युनिष्ट पार्टीबीको छलफलले भारतको थप टाउको दुखाउने भने पक्का देखिन्छ । नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला हुन लागेको छलफलले नेपालमा चिनियाँ प्रभाव बढ्न थालेको भन्ने भारतीय प्रपोगाण्डालाई केही मसला थपिने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु भिडियो छलफलमा सहभागी हुन लागेका हुन् ।

‘चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागको संयुक्त आयोजनामा राखिएको भर्चुअल छलफलमा शुभकामना आदानप्रदान गर्ने र एक अकाएका अनुभवहरु साटासाट हुने बताइएको छ ।

छलफलको उद्घाटन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गदैैछन् । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीलाई ९९ वर्ष पूरा गरेकोमा शुभकामना दिनेछन् ।

यसअघि आठ महिना अघि चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमण हुनु केही दिन पहिले दुई मुलुकका कम्युनिष्ट पार्टीको विदेश विभागबीच काठमाडौंमा महत्वपूर्ण अन्तक्र्रिया भएको थियो । अन्तक्र्रियापछि ६ बुँदे सम्झौता समेत भएको थियो ।

आजको छलफलमा नेकपाका करिब एक सय नेताहरु सहभागी हुनेछ भने चिनियाँ कम्युनिष्ट पार्टीका पनि त्यतिकै संख्यामा नेताहरु रहने बताइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ लगायतका नेताहरू चिनियाँ पक्षाट सहभागी हुनेछन्।

अन्तरक्रियामा कोभिड –१९ विरुद्धको लडाइँमा चीनको अनुभव, सुशासन र भ्रष्टचार नियन्त्रणका अनुभव आदानप्रदान हुनेछ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : ४८ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा