१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ, सदस्यमा फुयाँल



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। नवनियुक्त राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि पनि उनी योजना आयोगकै पूर्वउपाध्यक्ष र नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । श्रेष्ठ यसअघि २०७३ भदौमा प्रचण्ड प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष भएका थिए । राष्ट्र बैंकमा उनले २८ वर्ष काम गरेका थिए।

यसैगरी आयोगको सदस्यमा डा. रामकुमार फुयाँल तेस्रो पटक नियुक्त भएका छन्। उनी यसअघि २ पटक गरी चार वर्ष सदस्य भइसकेका छन्।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : १७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा