२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

आत्मदाह गर्ने व्यवसायी आचार्यको स्मरणमा नेपालगन्जका व्यवसायी आन्दोलित



नेपालगन्ज । राज्यको आर्थिक नीतिलाई चुनौती दिंदै आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको स्मरणमा नेपालगन्ज उद्योग बाणिज्य संघले आधादिन उद्योग व्यवसाय बन्द गरेर शोक मनाउने भएको छ । काठमाण्डौमा व्यावसायी आचार्यले संघीय संसद अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधनको विषयमा शोक जनाउन संघले बिहीबार आधादिन आ–आफ्नो व्यवसाय पशल, कलकारखमान बन्द गरेर शाक मनाउने घोषणा गरेको हो ।

संघले बुधबार साँझ आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यावसायलाई नै धरासायी हुने गरी ल्याईएको अव्यवहारिक नीतिका कारण व्यवसायीले आत्मदाह गर्ने अवस्था आएको बताए । उनले सरकारको ध्यानाकर्षण गर्न र स्व. आचार्यप्रति श्रद्धाञ्जली ब्यक्त गर्नको लागि बिहीबार आधादिन व्यवसाय बन्द गरी शोक मनाउने निर्णय भएको जानकारी दिए । सोही दिनत नेपालगन्जको धम्बोझी चोकमा शोकसभाको आयोजना गरिने पनि उनले जानकारी दिए ।

उनले स्व. आचार्यले उठान गरेका विषयहरु जायज रहेको भन्दै राज्यको अव्वहारिक नीतिका कारण अझै पनि अकल्पनिय घटना हुनसक्ने चेतावनी दिए । नीजि क्षेत्रलाई प्रताडित बनाउने नीतिमा सुधार ल्याउन उनले माग गरे ।

पत्रकार सम्मेलनमा संघका महासचिव चिरञ्जिवी ओली, कोषाध्यक्ष रामप्रसाद न्यौपाने, प्रवक्ता टंक धामी, सदस्य भिमबहादुर रानाभाटलगायतको उपस्थिति रहेको थियो

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : ०१ बजे

फ्राइडे रिलिज आजबाट ‘मनसरा’ प्रदर्शन

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान