२४ बैशाख २०८१, सोमबार | May 6, 2024

खानेपानी निर्माण तथा उपभोक्ता समिति बुद्धनगरको आर्थिक वर्ष ०७८/७९ को आय व्यव सार्वजनिक



बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल-११ बुद्धनगर नहरपुरले आर्थिक वर्ष ०७८/७९को आय व्यय सार्वजनिक तथा अनुमोदन कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले हरेक वर्ष साधारणसभा अगाडि वर्षभरका आयव्यय सबै उपभोक्तालाई डाकेर अनुमोदन गर्ने परम्परा बसालेको छ ।

साधारणसभामा उपभोक्ताबाहेक अन्य क्षेत्रका पाहुनालाई पनि बोलाइन्छ, पहिले आन्तरिक हिसाबमिलान गरेर अनुमोदन गरेपछि त्यो दिन नीतिगत सामुहिक विषयमा छलफल गर्न सजिलो हुन्छ- समितिका अध्यक्ष आशिष सूर्यवंशीले भने ।
यो समिति बुटवल क्षेत्रमा धेरै उपभोक्ता रहेको अन्र्तगत पर्दछ । यहाँ करिब १२ सय उपभोक्ता रहेका छन् ।

समितिका अध्यक्ष आशिष सूर्यवंशीको अध्यक्षता र सचिव अर्जुन जीसीको संचालनमा शनिबार भएको कार्यक्रममा कोषाध्यक्ष विष्णु जीसीले ३३ लाख ४३ हजार ३८ रुपैयाँको कारोबार भएको विवरण प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा चालुवर्षमा सार्वजनिक महशुलबाट ६० हजार १ सय ६१,निजी महशुल १८ लाख ७५ हजार ८ सय ४०, धारा जडान र नामसारीबाट २ लाख ६१ हजार १ सय ९ र बैंक ब्याजबाट ८ हजार ९ र अघिल्लो वर्षको अल्याबाट ११ लाख ३७ हजार ९ सय १८ गरी ३३ लाख ४३ हजार ३८ रुपैयाँ आम्दानी भएकोमा विभिन्न शिर्षकमा २२ लाख ६ हजार ८ सय ७५ खर्च भएको विवरण पेश भएकोमा सर्वसम्मतले अनुमोदन भएको थियो ।

कार्यक्रममा बुटवल ११ का जनप्रतिनिधि नकुल शाहीले उपभोक्ताको सचेतनाबाट खानेपानीको संरक्षण र वातावरणको संरक्षण हुने बताए । उनले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक सम्पतिको संरक्षण गरेर गाउँटोललाई नमुना बनाउनुपर्ने बताए । कार्यक्रममा सल्लाहकार महेन्द्र भुसाल, भगवती टोलविकास संस्थाका अध्यक्ष टोपलाल भुसाललगायतले बोलेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ५ : ५० बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।