काठमाडौं । राष्ट्रपति निर्वाचनमा माओवादीले राष्ट्रिय समहति खोज्ने निर्णय गरिरहेकै बेला नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भने सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको पनि सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु नै भएको बताए । “राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो”, महासचिव पोखरेलले भने ।
केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मदेवार विजयी हुने विश्वास उनले व्यक्त गरे । उनले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर राज्यको प्रमुख दाबी गर्न नमिल्ने पनि बताए ।



















प्रतिक्रिया