१६ बैशाख २०८१, आइतबार | April 28, 2024

परराष्ट्रमन्त्री पौडेल आज श्रीलङ्का जाँदै



काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर बिमला राई पौडेल आज श्रीलंका भ्रमणमा जाँदै छिन् ।श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल आज श्रीलङ्का जान लागेकी हुन् ।

आउँदो शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

पौडेल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले बताए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ७ : ३७ बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा