१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

निर्देशिकामा तोकिएका व्यक्तिको मात्र पीसीआर परीक्षण गर्न मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिकामा तोकिएका व्यक्तिको मात्र कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण गराउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्देशिका विपरीत कतिपय निकायले पीसीआर परीक्षण गर्न दबाब दिएकाले त्यसो नगरी निर्देशिकामा तोकिए बमोजिमका व्यक्तिको नमूनामात्र सङ्कलन गरी परीक्षण गर्न गराउन आग्रह गर्नुभयो ।

‘कतिपय निकाय तथा व्यक्तिले कोभिड–१९ को नमूना सङ्कलन गर्दा निर्देशिकाभन्दा फरक तरिकाले नमूना सङ्कलन गर्ने गरेको तथा परीक्षण गर्नका लागि दबाब दिने गरिएको बुझिन आएको छ’, उहाले भन्नुभयो, ‘यसरी नमूना सङ्कलन गर्नाले स्रोत साधनको दुरुपयोग हुने र परीक्षणका लागि आवश्यक व्यक्तिको परीक्षण समयमा हुन नपाउने र अन्य समस्या सिर्जना हुन सक्दछ ।’

निर्देशिका विपरीत आएका नमूना परीक्षण नगरिदिनसमेत सबैलाई उहाले आग्रह गर्नुभएको छ । अहिलेसम्म एक लाख ६१ हजार ७४९ जनाको र विगत २४ घण्टामा छ हजार २३१ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । रासस

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ४८ बजे

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै

बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा-एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम