३ पुस २०८२, बिहिबार | December 18, 2025

इतिहासमा पहिलो पटक सरकारबाट खेती गर्नुपूर्व धानको समर्थन मुल्य निर्धारण



काठमाडौ। सरकारले पहिलो पटक खेती लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले धानको न्युनतम समर्थन मूल्य निर्धारण गरेको हो। यस अघि किसानले धान भित्राईसकेपछि वा ब्यवसायीले खरिद गरि किसानको भण्डार रिक्त हनेबेलामा समर्थन मुल्य दिएर खाद्य संस्थान मार्फत खरिद गर्ने गरिएकोमा यस वर्ष भने बाली लगाउनु अघि सरकारको समर्थन मुल्य आएको छ ।

चालु आर्थिक वर्षमा सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यमको प्रति क्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकेको थियो भने आगामी आर्थिक वर्षको लागि मोटा धान प्रति क्विन्टल २७ सय ३५ र मध्यम धान प्रति क्विन्टल २८ सय ८५ रुपैयाँ तोकेको छ। समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा किसानको मुनाफा २० प्रतिशत र ढुवानी खर्च औसत १० प्रतिशतले हुन आउने रकम थप गरि मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पेश भएको प्रस्तावका मूल्य तोकिएको हो।

खेतीलगाउनु पुर्व सरकारको न्युनतम समर्थन मुल्य आएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ३९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका