४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभावले मौसम बदली तथा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम बाहेकका क्षेत्रमा मनसुन पुगेको र मनसुनी गतिविधि सक्रिय हुँदै गएको मौसमविदले मञ्जु बासीले बताएकी छन् ।

हाल देशभर सामान्यतया बदलीको अवस्था रहेको छ । देशका धेरै स्थानमा पानी परेको छ। विशेष गरी गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविदल बासीले बताएकी छन् ।

भारतको पूर्वी उत्तर प्रदेशको भू–भागमा न्युन चापिय प्रणालीको प्रभाव पनि नेपालमा रहेको छ । शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अरु क्षेत्रमा पूर्ण बदली हुनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहुने मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश ५, बागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको