४ पुस २०८२, शुक्रबार | December 20, 2025

पर्वतको सहस्रधारामा पहिरो खस्यो, पोखरा बेनी सडक अवरुद्ध, बिद्युत प्रशारण पनि अवरुद्ध



बुटवल। गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा बेनी बागलुङ पर्वत मार्ग अवरुद्ध भएको छ ।

अबिरल परेको पानीका कारण सहस्रधारामा बिहान पहिरो खसेको थियो । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भईरहेको छ ।

यसैगरी पहिरोका कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि अवरुद्ध बनेको छ । पहिरोले प्रसारण लाइनमा क्षति पुराउँदा विद्युत् सेवा बागलुङ र म्याग्दी जिल्लामा अवरुद्ध बनेको हो । विद्युत् प्रसारणलाई सुचारु गर्नका लागि काम भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ । पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ११ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको