४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल लेडिद्वारा अर्धवार्षिक समिक्षा तथा संचारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान



बुटवल । जेसीआई बुटवल लेडि (महिला जेसीज) ले अर्धबार्षिक प्रतिवेदन प्रस्तुत तथा संचारकर्मीका लागि स्वास्थ्य सामग्री वितरण कार्यक्रम गरेको छ ।

वितेको ६ महिनामा बुटवल लेडिले गरेका काम कार्वाही तथा भएका कामको प्रस्तुती तथा समिक्षा गरेको हो । बुटवल लेडि जेसीजले शनिबार बुटवलमा एक कार्यक्रम गरि वितेको ६ महिनामा २० वटा विभिन्न रचनात्मक कार्यक्रम गर्नका साथै सामुदायमा सचेतना बाढ्ने काम समेत गरेको बुटवल लेडिका सचिव अनुपमा श्रेष्ठले जानकारी दिनुभयो ।

बुटवल लेडिले विभिन्न क्षेत्रमा सरसफाई, विपन्नलाई राहत, कोरोनाबारे सचेतना, क्षमता तथा नेतृत्व विकास कार्यक्रम, योगा प्रशिक्षण, मिट योर सेलिब्रेटी, वृक्षारोपण लगायतका कार्यक्रमका बारेमा सचिव श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैबीच कोभिड १९ को संक्रमण बढ्दै गएको समयमा नागरिकलाई सूसुचित गर्न संचारकर्ममा क्रियाशिल संचारकर्मीका लागि जेसीआई बुटवल लेडिले शनिबार स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

जेसिआई लेडि बुटवलले छापा, अनलाईन तथा छापा माध्यममा कार्यरत दुई दर्जनबढी संचारकर्मीकालागि आवश्क पर्ने मास्क, सेनेटाईजर र सावुन प्रदान गरेको हो । बुटवल लेडि वर्ष २०२० का अध्यक्ष कल्पना पाण्डे कुसुमको अध्यक्षतामा भएको कार्यक्रममा अक्सफोर्ड कलेजका प्रमुख मनोज मरासिनी, बुटवल लेडिका पुर्व अध्यक्ष उर्मिला श्रेष्ठ, आजिवन सदस्य गिता ज्ञवाली, पत्रकार शरण कर्माचार्य, झविन्द्र देवकोटा, रिमा विसि, कार्यक्रम संयोजक कृतिका जोशिलगायतले वर्तमान अवस्थामा संचारकर्मी जोखिम मोलेर नागरिकलाई सुसुचित गर्ने हुँदा बुटवल लेडिले संचारकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेर प्रशंशनीय कार्य गरेको बताउनुभयो ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ४ : ३४ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा