१५ माघ २०८२, बिहिबार | January 29, 2026

खजुरालाई धार्मिक पर्यटनको ‘हव’ बनाउन महायज्ञ गरिँदै



नेपालगन्ज । बाँकेको खजुरालाई धार्मिक पर्यटकिय स्थलकारुपमा विकास गर्न सप्ताह व्यापी रुपमा महायज्ञ हुने भएको छ । खजुरा बजारमा रहेको लक्ष्मी नारायण मन्दिरमा यही फागुनको अन्तिम सातादेखि सप्ताह व्यापी रुपमा महायज्ञ संचालन हुने भएको हो ।

बुधवार खजुरामा पत्रकार सम्मेलन गरि मन्दिरको व्यवस्थापन समितिले आयोजना गर्न लागेको महायज्ञ साता व्यापी चल्ने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल समितिका संयोजक शिवराज श्रेष्ठले खजुराको ऐतिहासिक धार्मिक इतिहासलाई उजागर गर्न र खजुरालाई धार्मिक पर्यटकहरुको हव बनाउन महायज्ञ गर्न थालिएको बताए । महायज्ञबाट आर्जन हुने आयबाट खजुरामा भ्यु् टावर सहितको महालक्ष्मीको मुर्ति स्थापना गरि खजुरालाई धार्मिक पर्यटकिय स्थल बनाउने उद्देश्य रहेको संयोजक श्रेष्ठले बताए ।

लक्ष्मी नारायण मन्दिर सहित खजुरा क्षेत्रमा रहेक धार्मिक पर्यटकिय स्थलको एकिकृत प्रचार गरि खजुरा क्षेत्रलाई धार्मिक धामकारुपमा विकास गर्ने गरि तयारी थालिएको उनले बताए । बर्दियाको केदारेश्वर धाम, दाङको शिव लिङ्ग, बाँकेको सन्तानेश्वर जस्ता पर्यटकिय क्षेत्रलाई छोटो समयमा चर्चामा ल्याउन सफल भएको उल्लेख गर्दै खजुरालाई पनि चिनाउन यस क्षेत्र कै पर्यटकिय नगरी बनाउन पहल थालिएको श्रेष्ठले बताए ।

भ्यु टावरबाट खजुरा क्षेत्रको रमणिय दृश्य हेर्न सकिने तथा टाढैबाट लक्ष्मी नारायणको मुर्ति देखिन सक्ने गरि ठुलो आकारको मुर्ती स्थापना गरिने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मी शरण कर्माचार्यले खजुरा आर्थिक, समाजिक, राजनीतिक र सांस्कृतिकरुपमा समृद्ध रहेको बताए । उनले १०० वर्ष भन्दा पुरानो मैटहवा, सन्तकुटी, हनुमान ताल जस्ता धार्मिक स्थलहरु भएको खजुरालाई धार्मिक पर्यटनको हव बनाउने थुप्रै सम्भावनाहरु रहेको बताए । खजुरामा रहेको लक्ष्मिनारायण मन्दिरमा गरिएको हरेक संकल्प पुरा भएको दाबी गर्दै उनले क्यान्सर अस्पताल, ज्ञानोदय नमुना माबी, खानेपानी जस्ता योजनाहरु मन्दिर परिषरमै गरिएका संकल्प भएको जानकारी दिए ।

महायज्ञ संचालन गर्न आयोजक कमिटिले विभिन्न खाले उप समिति गठन गर्ने क्रममा आजै युवा पत्रकार पत्रकार खगेन्द्र दाहालको संयोजत्वमा प्रचारप्रसार समिती गठन गरिएको छ । प्रचारप्रसार समितिमा खजुरा क्षेत्रमा क्रियाशिल पत्रकारहरु सहित लक्ष्मण ढुङगाना, भगतराम थारु, जावेद हल्वाई, लक्ष्मी तिमिल्सेना सदस्य रहेका छन् । छिट्टै समिति विस्तार गरि प्रचारप्रसारलाई तिब्र पारिने संयोजक दाहालले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ४७ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय