३० भदौ २०८३, मंगलबार | September 15, 2026

तिनाउ बोर्डिङको खेल महोत्सवमा १ हजार २ सय विद्यार्थी सहभागी



बुटवल । तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा सोमबार प्राबि र निमाबि तहका विद्यार्थी बिचमा खेलकुद प्रतियोगिता भएको छ । माघ २७ गतेदेखि खेल महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुने छ ।

बुटवल ११ देवीनगरमा रहेको स्कूलमा सबैतहका गरि करिब १ हजार २ सय बिद्यार्थीले यो महोत्सवमा भाग लिइरहेको बिद्यालयका सहसंयोजक अग्निधर पोख्रेलले बताए । खेल महोत्सवमा उत्कृष्ट विद्यार्थीहरुलाइ फागुन ५ गते शुक्रबार एक समारोहका बिच पुरस्कार बितरण गरिने खेलकुद संयोजक वेद न्यौपानेले बताए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताह उत्कृष्ट बनाउन सबै शिक्षक, विद्यार्थी लाग्नुपर्ने बताए । उनले तिनाउले बिद्यार्थीलाइ अध्ययनका अलावा रचनात्मक कृयाकलापमा पनि सहभागि बनाइरहेको बताए । स्कूलकी प्राचार्य सिता पाण्डका अनुसार प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ । सोमबार स्पुन रेस, हाजिरीजवाफ, चेस, टेवल टेनिस, क्यारम बोर्ड, डोरी खेल्ने, बल कलेक्सन, भलिवल, ब्याडमिन्टन लगायतलका खेल भएको स्कुल संयोजक नारायण पोखेलले जानकारी दिए ।

टेबल टेनिसमा कक्षा ७ की सन्जना घर्ती,गुन्जन श्रेष्ठ,स्नेहा मगर त्यस्तै सुसान्त पुन, अभिषेक पन्थी, अभिनव ज्ञवालीले क्रममा प्रथम,द्वितिय र तितृय स्थान हासिल गरेका छन् । सोमबार कक्षा १ देखि माथिका कक्षाहरुमा विधागत प्रतियोगिता भएका हुन् ।

खेल अवधिभरमा लेवल अनुसार बेलुन फुटाउने, चक्लेट खाने, म्युजिकल स्ट्याचु, बल कलेक्सन, कलर गेम, स्पुन रेस, हट पोटाटो, हाजिरीजवाफ, चेस, टेवल टेनिस, क्यारमबोर्ड, हिसाब दौड, स्लोसाइकल रेस, तेक्वान्दो, भलिबल, रिले रेस, एथलेटिक्स, क्रिकेट, कपर्दी, सटपुट, ब्याडमिन्टन, चित्रकला प्रतियोगिता हुनेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ४२ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज