२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

खड्ग प्रसाद गौचन स्मृति क्रिकेट प्रतियोगिता : काशी नोबेल र देवदह विजयी



बुटवल । खड्ग प्रसाद गौचन स्मृति पाचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा काशी नोबेल एकेडेमी र देवदह क्रिकेट क्लबले जित निकालेका छन । मंगलबार भएको खेलमा काशीले स्टार क्रिकेट एकेडेमी माथि १ सय ९ रन दोस्रो खेलमा देवदह क्रिकेट क्लबले कास्की क्रिकेट क्लबमाथि १३ रनको जित निकालेको हो ।

देवदह क्रिकेट मैदान शितलनगरमा भएको पहिलो खेलमा टस जितेर काशीले निर्धारित २५ ओभरमा १ सय ८२ रनको लक्ष्य खडा गरेको थियो । काशीको आशिष रोकाले ४३ रन तथा शेहजाद आलमले ३८ रनको योगदान दिए । स्टारका अमित अधिकारीले ४, सुस्बिन पाण्डेले २ विकेट लिए । बिशाल लक्ष्य पछ्याएको स्टार क्रिकेट एकेडेमीका ब्याट्सम्यानहरु १९.३ ओभरमा सबै विकेट गुमाएर ७३ रनमा समेटियो । स्टारका नन्दलाल चाइले १३ रन तथा आस्मान थारुले ११ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । कम स्कोरमा रोक्न काशीका सुप्रित घिमिरेले र अर्जुन करुषले समान ३–३ बिकेट लिए । काशीका सुप्रित घिमिरे खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर देवदह क्रिकेट युनिटले निर्धारित २५ ओभरमा ६ बिकेट नोक्सानीमा १ सय ६५ रनको लक्ष्य खडा गरेको थियो । देवदहका क्षितिज थापा मगरले ६७ रन तथा सर्वतन सुनारले ३० रनको योगदान दिएका थिए । कास्कीका अमन सुवेदील ३ तथा नितेश गिरीले २ विकेट लिए । बिशाल लक्ष्य पछ्याएको कास्कीका ब्याट्सम्यान निर्धारित २५ ओभरमा ९ बिकेट गुमाएर १ सय ५३ रनमा समेटियो । कास्कीका लागि सिब्रिन श्रेष्ठले ६४ र संकल्प अधिकारीले २३ रनको योगदान दिए । कम स्कोरमा रोक्न देवदहका अनुज सिह ठकुरीले ४ तथा प्रशन्न गैरेले २ बिकेट लिए । खेलमा देवदहका अनुजसिह ठकुरी म्यान अफ दी म्यानबाट पुरस्कृत भए ।

प्रतियोगिताको बुधबार हुने खेलमा सेन्टर क्रिकेट एकेडेमी कास्की र काशी नोबेल एकेडेमी तथा स्टार क्रिकेट एकेडेमी र देवदह क्रिकेट युनिटका बिचमा हुने छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ४९ बजे

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)