११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रदेशस्तरीय लोकगीत प्रतियोगितामा रुपन्देही प्रथम



बुटवल । बिश्व संगित दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल प्रदेश नं. ५ ले आयोजना गरेको प्रदेशस्तरीय लोकगित प्रतियोगितामा रुपन्देहीकी लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रुपन्देहीकी लालमाया थापा प्रथम भएकी छिन ।

त्यस्तै प्रतिष्ठान गुल्मीकी लालुमाया कुँवर द्वितीय, प्रतिष्ठान रुकुम पुर्वकी उर्मिला गौतम तृतीय र प्रतिष्ठान कपिलवस्तुका रबीन परियार र प्रतिष्ठान अर्घाखाँचीका बिशाल क्षेत्री सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कार्यक्रमको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले भोजपुरी लोकगीत गाएर उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख घिमिरेले लोक गीत राष्ट्रको सम्पति भएकोले यसको संरक्षणमा सबैले उत्तिकै योगदान दिनुपर्ने बताए ।

स्थनीय सरकार प्रमुखको हैसियतले लोक संस्कृतिको उत्थानमा आफु सदैव तत्पर रहीरहने बताउदै त्यसको लागि सहकार्य गर्न आग्रह समेत गरे । कार्यक्रमका विशिष्ठ अतिथी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बि.जि.ले यस्तो कोरोना महामारीको समयमा हामीले आफ्नो संस्कृतिलाई भुल्न हुन्न भन्ने हेतुले लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र नया प्रतिभाको खोजी गर्ने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएकोमा खुशी व्यक्त गरे ।

विशिष्ट अतिथि संस्थापक अध्यक्ष अमर बिरही गुरु·ले लोक संस्कृति सदिऔं देखि हाम्रो गहनाको रुपमा रहदै आएको बताउदै यसको संरक्षणमा जस्तो सुकै कठिनाईमा पनि हामी निरन्तर लागिरहन्छौ भन्ने सन्देश आजको कार्यक्रमले दिएको बताए ।

कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्षहरु दुर्गा रायमाझी, प्रजापति पराजुली, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्री पंगेनी, सल्लाहकार खेम हमाल, बरिष्ठ उपाध्यक्ष, रिता थापा, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव सुवास के.सी, सचिव प्रचण्ड जि.सी., नेपाल पत्रकार महासंघ रुपवन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, खल्ती वालेट ५ नं. प्रदेश इन्चार्ज इश्वरी ज्ञवाली लगायत प्रतिष्ठानका विभिन्न जिल्ला अध्यक्षले बोलेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष अम्बर विरही गुरु·, पुर्व अध्यक्ष दुर्गा रायमाझी र केन्द्रिय अध्यक्ष रमेश विजीले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रमको समापन गर्दै प्रदेश ५ अध्यक्ष डिल्लीनारायण पाण्डेले छोटो समयको तयारी र प्राविधिक कठिनाईका वीच पनि प्रदेश ५ का सबै जिल्लाहरुको सहभागिता गराई प्रतियोगिता सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कला संस्कृतिको जर्गेनामा कलाकारहरु सदैव लागि परेको स्मरण गराउदै उनले कला संस्कृति सम्बन्धीको राष्ट्रिय स्तरको गोठी तथा कार्यशाला प्रदेश ५ मै गर्ने योजना रहेको बताए ।

जुम एप मार्फत गरिएको भर्चुअल प्रतियोगितामा १२ जिल्लाका २४ जना प्रतियोगि सहभागी भएको प्रतियोगिताका कलाकार संयोजक दिपु मगरले बताए । प्रतियोगितामा कोरोना सम्वन्धी विषयवस्तु समेटिएको थियो । कार्यक्रमको लुम्विनी टेलिभिजन बुटवलबाट प्रत्यक्ष प्रशासण समेत भएको थियो ।

प्रतियोगितामा सदस्य चन्द्र अधिकारी र सदस्य राम प्रसाद पौडेललले प्राविधिकको भूमिका निभाएका थिए भने द्वितीय उपाध्यक्ष नारायण वि.पि. परियार, महिला सचिव देवकला बस्नेतले कलाकार सह–संयोजनको जिम्मेवारी निभाएका थिए ।

कार्यक्रम प्रदेश ५ अध्यक्ष डिल्ली नारायण पाण्डेयको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष नारायण थापाको स्वागत र प्रथम उपाध्यक्ष दिपु मगरको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ०२ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र