७ पुस २०८२, सोमबार | December 22, 2025

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । भारत आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य फेब्रुअरी १६ मा घटाएर नेपाल आयल निगमलाई पठाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर ६ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर ३ रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीनरतीन रुपियाँ मूल्य बढाएको थियो।

आयल निगमका अनुसार आईओसीलाई ११ अर्ब रुपैयाँ तिर्न बाँकी छ । आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ । आयल निगमले भने मूल्य घटाउने वा नघटाउने भन्ने बारेमा निर्णय गरिसकेको छैन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : ४० बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र