३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

इन्टलेक्च्युअल एकेडेमीले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ मा रहेको इन्टलेक्च्युअल एकेडेमीले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

एकेडेमीले आज सोमबार १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले परिवर्तित समयसँगै शिक्षा पनि परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी नगर उपप्रमुख सावित्रादेवि अर्यालले स्कूलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझै शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह गरिन् । शिक्षाको विकास भए मात्र बुटवलको विकास हुने बताइन् ।

विद्यालयका प्रबन्ध निर्देशक रामराज पोखेरेलले शिक्षा विद्यार्थीलाई सटिफिकेट प्राप्त गर्नका लागि नभई जीवन उपयोगीसीपका रुपमा प्रयोग हुने गरि अध्यापन गराउन जरुरी भएको औल्याए । वार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी हरुलाई सम्मान समेत गरेको थियो ।

विद्यालयका अध्यक्ष गोविन्द्र मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन बुटवलका उपाध्यक्ष मित्रहरि आर्चाय, पत्रकारमहासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, भुवन सिंह विक लगायतले बोलेका थिए ।

सो अवसरमा विद्यार्थीहरुले नाँचगान, चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले बनाएका वस्तुहरुको स्टल समेत प्रर्दशन गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : ११ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय