१२ श्रावण २०८१, शनिबार | July 27, 2024

इन्टलेक्च्युअल एकेडेमीमा खाना महोत्सव तथा व्यापार मेला



बुटवल । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्च्युअल एकेडेमीका विद्यार्थीहरुले शनिबार खाना महोत्सव तथा व्यापार मेला आयोजना गरेका छन ।

विद्यार्थीहरुमा किताबी ज्ञापनसंगै ब्यबहारिक र व्यावसायिक ज्ञान प्रदान गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरु आफैले खानाका परम्परागत परिकार बनाएका थिए । भने सिपसङै व्यावसायिक ज्ञानका लागी बनाएका परिकारहरु अभिभावकहरुलाई बिक्री गरेका थिए ।

सोही कार्यक्रममा विद्यार्थीहरुले फलफूल तथा तरकारी स्टल राखेर ब्यापार मेला पनि लगाएका थिए । विद्यार्थीहरुले राखेको तरकारी तथा फलफूलको स्टलबाट पनि अभिभावकहरुले सामान खरिद गरेका थिए ।

यो कार्यक्रममा कक्षा ५,६, ७ र ९ कक्षाका विद्यार्थीहरुको सहभागीता रहेको थियो । सानै उमेर र सानै कक्षादेखि नै विद्यार्थीहरुलाई उनीहरुको जीवनमा चाहिने ज्ञान र सिपको बिकासले मात्रै सिकाई पुर्ण हुने हुदा बेला बेलामा बिद्यालय बाहिर लगेर पनि फरक फरक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागिता गराउदै आएको छ ।

सो अबसरमा विद्यालयले लिएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ५४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान