१२ श्रावण २०८१, शनिबार | July 27, 2024

इन्टलेक्च्युअल स्कूलमा खेल सप्ताह समापन तथा पुरस्कार वितरण समारोह



बुटवल । बुटवल-११ कालिकानगरमा रहेको इन्टलेक्च्युअल स्कूलमा आइतबार खेलकुद सप्ताह समापन गरिएको छ ।

खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियो ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिबल, फुटसल, रिले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चि दौड, साइकिल दौड, बास्केटबल, खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईएको थियो ।

खेल सप्ताहको अवसरमा मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरेर पुरस्कृत गरिएको थियो । पुरस्कार प्रदान गर्दै स्कूल सञ्चालकका अध्यक्ष गोबिन्द प्रसाद मरासिनीले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए ।

अतिरिक्त क्रियाकलाप संयोजक सुरज बिकको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन कोर्डिनेटर मित्रजन भन्डारीले गरेका थिए । खेल सप्ताह गत बुधबारदेखि शुरु गरिएको थियो । सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो । सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल, संचालक एवं प्रवन्ध निर्देशक रामराज पोख्रेल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : ३४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान