१३ श्रावण २०८३, बुधबार | July 30, 2026

इन्टलेक्च्युअल स्कुलमा खेल सप्ताह सम्पन्न



बुटवल । बुटवल-११ कालिकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्च्युअल स्कुलमा आइतबार खेलकुद सप्ताह सम्पन्न भएको छ ।

गत बुधबारदेखि शुरु भएको खेल सप्ताह आइतबार सम्पन्न गरिएको हो । खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियो ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, कबड्डी, फुटसल, रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल, खो खो लागायतका खेलहरूमा प्रतिस्पर्धा गराइएको थियो । खेल सप्ताहको समापनमा खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

पुरस्कार स्कूल सञ्चालक समितिका पुर्व अध्यक्ष डिल्लीराज अर्याल, सस्थापक संचालक रामराज पोख्रेल, संचालक जिवाखर अर्याल माध्यमिक तह सम्योजक छन्त बहादुर पान्डेयले वितरण गरेका थिए ।

समापन कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक सुबास भण्डारीको अध्यक्षता र कोर्डिनेटर माया पौडेलको संचालनमा सप्पन्न भएको थियो ।

 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : २४ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ