४ आश्विन २०८३, आइतबार | September 20, 2026

कम्बोडियाद्वारा शान्ति सेनामा नयाँ फौज परिचालन



नोमपेन । कम्बोडियाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) मा ९८ शान्ति सैनिकको नयाँ फौज पठाएको छ । युद्धग्रस्त सीएआरमा शान्ति स्थापना गर्ने संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा १० महिलासहित ९८ शान्ति सैनिकको नयाँ समूह पठाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।

सैनिकहरूको बिदाइ समारोहमा बोल्दै नेशनल सेन्टर फर पिसकिपिङ फोर्सका महानिर्देशक जनरल सेम सोभानीले सीएआरमा सेनाले एक वर्षको कार्यादेश पूरा गरेको तथा नयाँ फौजले आठौँ समूहलाई प्रतिस्थापन गर्ने बताए । सीएआरमा देशको फौज परिचालनले द्वन्द्वग्रस्त देशहरूमा शान्ति र स्थिरता कायम गर्ने कम्बोडियाको निरन्तर योगदानमा संयुक्त राष्ट्रसङ्घप्रतिको विश्वासलाई झल्काएको उनले बताए । उनले कम्बोडियाली शान्ति सैनिकले वारुदी सुरुङ र विस्फोटक हतियार व्यवस्थापनमा काम गर्ने जानकारी पनि दिए ।

दक्षिणपूर्वी एसियाली राष्ट्र कम्बोडियाले पहिलो पटक सन् २००६ मा राष्ट्रसङ्घीय शान्ति सेनामा आफ्नो फौज पठाएको थियो । कम्बोडियाले हालसम्म लेबनान, माली, साइप्रस र यमन सुडान, दक्षिण सुडान, सिरियामा मिसनमा छ सय ८१ महिलासहित आठ हजार आठ सय ५९ शान्ति सैनिक परिचालन गरेको छ ।

कम्बोडियाका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक जोसेफ स्च्युरले विश्व शान्ति र सुरक्षामा योगदान गर्न कम्बोडियासहित अन्य देशले फौज परिचालन गरेकामा ती देशप्रति आभार व्यक्त गर्दै शान्ति सेनाको साहस र समर्पणको प्रशंसा गरे । उनले विष्फोट पदार्थको समुचित व्यवस्थापनमा कम्बोडियाली सेनाको विशेषज्ञता सीएआरमा महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ०६ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी