२० बैशाख २०८१, बिहिबार | May 3, 2024

सेनिटरी प्याड पाएपछि छात्रा खुसी, भन्छन्- ‘नियमित विद्यालय आउँछौँ’



दाङ । घोराही–२ मा रहेको मावि रामपुरमा कक्षा १० मा अध्ययनरत शर्मिला चौधरीले घोराही उपमहानगरपालिकाले वितरण गरेको सेनिटरी प्याड प्राप्त गरेपछि खुसी हुँदै भनिन्, “अब नियमित विद्यालय आउँछु, महिनावारी भएको समयमा प्याड अभावका कारण विद्यालय छोड्ने गरेकी थिएँ, अब छोड्दिन ।”

सरकारले निःशुल्क उपलब्ध गराउने सेनिटरी प्याड खरिद गरी घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी वितरण सुरु गरेपछि किशोरीहरू खुसी भएका छन् ।

घोराही–१७ मावि चौघेरामा कक्षा ८ मा अध्ययनरत रुपा वली महिनामा चार दिन विद्यालय अनुपस्थित रहने गर्थे । “अब सधैँ विद्यालय आउँछु, विद्यालयमा प्याड पाइने भएपछि पढाइप्रति चासो पनि बढेको छ”, उनले, “हाम्रा लागि यति राम्रो कार्यक्रम आयो राम्रो लागेको छ, अब त एकदिन पनि नबिराई विद्यालय आउँछु ।”

किशोरीहरूको प्रजनन स्वास्थ्य तथा नियमित कक्षामा उपस्थितिका लागि सरकारले अघि सारेको कार्यक्रमलाई स्थानीय पालिकाले कार्यान्वयन गर्दै आएका छन् । विगतका वर्षमा विद्यालयले नै प्याड खरिद गरेर पालिकाबाट रकम माग गर्दै आएकोमा यस वर्षदेखि भने पालिकाले नै सेनिटरी प्याड खरिद गरेर विद्यालयलाई उपलब्ध गराउने र त्यहाँ अध्ययनरत छात्राहरूहरुलाई उपलब्ध गराउन थालेको सामाजिक विकास महाशाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार यो वर्ष पहिलो पटक २६ मावि, १४ आधारभूत विद्यालय, ११ प्रावि गरी ५१ सामुदायिक विद्यालयका १२ हजार किशोरीलाई पालिकाले नै खरिद गरी सेनिटरी प्याड वितरण सुरु गरिएको छ ।

सोमबार रामपुर केन्द्र बनाएर १५ वटा विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरपालिकाभित्रका ९४ विद्यालयमध्ये पहिलो चरणमा ५१ विद्यालयमा वितरण गरिएको उपमहानगरपालिका सामाजिक विकास महाशाखाले जनाएको छ । बाँकी सामुदायिक विद्यालयमा तल्लो तहका कक्षा सञ्चालन हुने हुँदा सेनिटरी प्याड आवश्यक नरहेको महाशाखाले जनाएको छ । सेनिटरी प्याड वितरणमा विगतमा विद्यालयलाई विद्यार्थी सङ्ख्या गनेर रकम दिने गरिएको थियो ।

सरकारले आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गर्ने कार्यक्रम समावेश गरेर किशोरीको प्रजनन स्वास्थ्यका बारेमा लगानी थालनी गरेको सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट सःशर्त विनियोजन भएको रु ८६ लाख ३९ हजारमध्ये हाललाई पालिकाले नै आठ लाख ४० हजार बराबरको सेनिटरी प्याड खरिद पहिलो महिनाका लागि वितरण सुरु गरेको छ । अब बाँकी प्याड वितरण कार्य भने ई–बिडिङमार्फत पालिकाले प्याड खरिद गरेर ५१ वटै विद्यालयमा वितरण गर्ने सामाजिक विकास महाशाखा प्रमुख गौतमले जानकारी दिए ।

घोराही उपमहानगरले २०७७/०७८ मा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यो समयमा कोरोना भाइरसको महामारीले कारण विद्यार्थी विद्यालय नआएको हुँदा कार्यक्रम रोकिएको थियो । विसं २०७७ देखि पालिकाभित्रका कक्षा ४ देखि १२ सम्मका १३ हजार दुई सय २४ किशोरीलाई प्रतिविद्यार्थी रु ४२ का दरले रकम उपलब्ध गराएर सेनिटरी प्याड वितरण गरिएको महाशाखा प्रमुख गौतमले जानकारी दिए ।

यो कार्यक्रममा माघदेखि असारसम्म ६ महिना लागु भएको तथा रु ८६ लाख ३८ हजार बजेटमध्ये रु ३३ लाख प्याड खरिदमा खर्च भएको उनले बताए । महिनावारीको समयमा आवश्यक पर्ने सामग्री उपलब्ध गराई किशोरीहरूको स्वास्थ्यमा सुधार गर्ने र सोही कारण विद्यालय छाड्ने छात्राको सङ्ख्यालाई कम गर्ने उद्देश्यले सरकारले अघि सारेको यो कार्यक्रमबाट किशोरीलाई फाइदा पुगेको घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले बताए ।

प्याड वितरणको समयमा छात्राको मुहारमा खुसी छाएको देख्दा आनन्द आएको उनको भनाइ छ । छोरी विद्यालयमा नियमित उपस्थिति हुने र पढाइलाई निरन्तरता दिन यो अभियानले सहयोग गर्ने उनले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ७ : ५० बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक