२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

पाँचौ राष्ट्रिय यु–१९ क्रिकेटको फाईनलमा सिईसी



बुटवल । देवदहमा जारी खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिईसी काठमाडौंले फाईनलमा स्थान बनाएको छ । मंगलबार भएको पहिलो सेमीफाईनलमा काशी नोबेल एकेडेमीलाई २४ रनको पराजित गर्दै सिईसी फाईनलमा स्थान बनाएको हो ।

देवदह क्रिकेट मैदानमा भएको पहिलो सेमीफाईनलमा सिईसीले टस जित्दै २९.३ ओभरमा सबै बिकेट गुमाएर केवल १ सय १० रनको लक्ष्य तयार पारेको थियो । उसका लागि सिद्धार्थ साउदले ६६ बलमा ३६ रनको नटआउट पारी खेले ।

यसैगरि पारस एैरले १४ बलमा ११ रन जोडेका थिए । कम स्कोरलाइ रोक्न काशीका अर्जुन करुषले ८ ओभरमा १४ रन खर्चेर ३ बिकेट लिए । यसैगरि सन्तोष जिसी र सन्तोष यादवले समान ३–३ बिकेट लिए । काशीका ब्याट्सम्यानहरु २९.२ ओभरमा सबै बिकेट गुमाएर केवल ८६ रनमा समेटिए । काशीका आशिष रोक्काले ४६ बलमा २६ र सिद्धार्थ अधिकारीले २५ बलमा १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन ।

सिईसीका धयानन्द मण्डलले ७ ओभरमा १ मेडल सहित १९ रन खर्चेर ३ तथा क्याप्टेन करण घर्ती मगरले ६ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ बिकेट लिए । सिईसीका दयानन्द मण्डल खेलमा म्यान अफ दी म्याच घोषित भए ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : २१ बजे

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)