३० भदौ २०८३, मंगलबार | September 15, 2026

लिभरपुलमाथि रियल मड्रिडको सानदार पुनरागमन जित



काठमाडौं । सुरुवाती अवस्थामा नै २ गोलले पछि परेको स्थितिलाई उल्टाएर स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुलमाथि सानदार जित हासिल गरेको छ ।

युइएफए च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा रियलले घरेलु टोली लिभरपुलमाथि ५-२ गोलको जित दर्ता गर्‍यो । रियलको सानदार जितका लागि भिनिसियस जुनियर र कप्तान करिम बेञ्जेमाले समान २-२ गोल गरे । यस्तै, एडर मिलिसाओले १ गोल गरे ।

लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले १-१ गोल गरे । खेलको सुरुवाती १४ मिनेटमा लिभरपुलले २-० अग्रता लिइसकेको थियो। तर त्यसलाई जोगाउन सकेन ।

२१ औं मिनेटमा भिनिसियसले पेनाल्टी बक्सभित्रबाट गोल गर्दै रियललाई खेलमा फर्काए । त्यसपछि ३६ औं मिनेटमा दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

४७ औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियललाई ३-२ को अग्रता दिलाए । ५५ औं मिनेटमा कप्तान बेञ्जेमाले गोल गर्दै रियललाई ४-२ को अग्रतासहित जिततर्फ अग्रसर गराए । कप्तान बेञ्जेमाले ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गरे ।

यो जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्राको शीलशीलालाई ६ खेलसम्म पुर्‍याएको छ । लिभरपुलविरुद्ध रियलले ५ जित र १ बराबरीको नतिजा निकालेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : २४ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी