२१ भदौ २०८३, आइतबार | September 6, 2026

नागरिकता विधेयकको विरोधमा जनकपुरमा जल्यो प्रधानमन्त्रीको पुत्ला



जनकपुर । नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलाले विवाह गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णयप्रति मधेशमा असन्तुष्टि बढिरहेको छ ।

निर्णयको विरोधमा सोमबार साँझ जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले नागरिकता विधेयक अघि बढाउन सहमति दिएपछि संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विधेयकलाई बहुमतले पारित गरेको थियो ।

जनता समाजवादी पार्टी निकट महिला र युवाले स्थानीय भानु चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । त्यसक्रममा उनीहरूले प्रधानमन्त्री ओली र नेकपाको विरोधमा चर्को नारावाजी पनि गरेका थिए । पुत्ला जलाइसकेपछि प्रहरीले पुगेको थियो ।

भारतसँगको रोटीबेटीको सम्बन्धमा दरार उत्पन्न गरेको उनीहरूको आरोप थियो ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ३५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका