३० चैत्र २०८२, सोमबार | April 13, 2026

लागुऔषधसहित २१ जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित २१ जना पक्राउ परेका छन् ।  सिन्धुलीकाे मरिण गाउँपालिका-४ चुरे जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय १५ किलोग्राम, मोटरसाइकल ३ थान र खुकुरी २ थानसहित हरिहरपुरगढी गाउँपालिका-७ बस्ने ५१ वर्षीय चन्द बहादुर वाईबा समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका-७ हरलाभरला हुँदै लालबन्दीतर्फ मोटरसाइकलमा लैजाँदै गरेको गाँजा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटीएको प्रहरीले फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ७३ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय अमिर राईसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४४ प १९१४ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङकै पथरीशनिश्चरे नगरपालिका-१ सुन्दरबस्तीबाट नियन्त्रित लागुऔषध स्पाईस्पेन १ सय ७५ ट्याब्लेट ट्रामाटोल १ सय ७५ ट्याब्लेट र नगद ४ हजार ४० रुपैयाँसहित सोही ठाउँ बस्ने ३३ वर्षीय पदम तामाङसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका-१८ राझा चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १० ग्रामसहित जानकी गाउँपालिका-६ बस्ने २५ वर्षीय बेनिधर बाहुन तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो  ।

सर्लाहीकाे   लालबन्दी नगरपालिका-१३ लखनदेहीबाट अवैध लागुऔषध गाँजा करिब १ सय ९० ग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय विशाल थिङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र २-०३ -०१ प ६१०० नम्बरको स्कुटर चालक थिङलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

सुनसरीकाे ईटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने झापा कन्काई नगरपालिका-३ घर भएका २४ वर्षीय राजिव अधिकारी लगायत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु ४२ ग्रामसहित  प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागुऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त बस्तुसहित फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

झापाकाे विर्तामोड नगरपालिका-३ स्थित होटलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २३ वर्षीय नितेश राज उप्रेती समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ४ : १६ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ