७ माघ २०८२, बुधबार | January 21, 2026

धनगढीलाई पाँचौ खड्ग प्रसाद गौचन क्रिकेट प्रतियोगिताको उपाधि



बुटवल । पाँचौ खड्ग प्रसाद गौचन स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को उपाधि धनगढी क्रिकेट एकेडेमीले हात पारेको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा विहिबार भएको फाईनल खेलमा धनगढीले सिईसी, काठमाण्डौमाथि २ विकेटले जित निकाल्दै उपाधि हात पारेको हो । उपाधिसंगै धनगढी नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । सिईसी भने नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा धनगढीका सौर्य श्रेष्ठ म्यान अफ द सिरिज बन्दै नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । श्रेष्ठ उत्कृष्ट बलर समेत घोषित भए । धनगढीका निशान्त रेग्मी उत्कृष्ट ब्याट्सम्यान, ईमेर्जिङ प्लेयर्सबाट न्यु होराईजनका सुमन खनाल घोषित हुँदै नगद ३ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए ।

सिद्धार्थनगर क्रिकेट रंगशालामा भएको फाईनल खेलमा टस जितेर धनगढीले सिईसीलाई ब्याटिङको निम्तो दिएको थियो । सिईसीले ३९.२ ओभरमा सबै बिकेट गुमाएर १ सय ४९ रनको लक्ष्य खडा गरेको थियो । सिईसीका लागि स्मिथ बुढाले ४६, उमकार यादवले २५ तथा सिद्धार्थ साउदले २० रनको योगदान दिए ।

धनगढीका निशान्त रेग्मी, सचिन साउद र निरज एैरले समान २–२ विकेट लिए । मध्यम स्कोर पछ्याएको धनगढी ३१ ओभरमा ८ विकेटको नोक्सानीमा जित हासिल गर्यो । धनगढीका निरज एैरले नटआउट ३९ तथा रबिन्द्र कुवरले ३० रनको योगदान दिए । सिईसिका करण घर्ती मगर, ओमकार यादव र सौर्य श्रेष्ठले समान २–२ विकेट लिए । खेलमा म्यान अफ दि म्याच निरज एैरबाट पुरस्कृत भए ।

एक समारोहका बीच ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादव, गापा उपाध्यक्ष सुनिता चौधरी, सदस्य गुन्जा चौधरी, शक्ति गौचनका मुमा रामकुमारी गौचन, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापालगायतले विजेता, उपविजेता खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादवले खेलकुद विकासमा आफू निरन्तर लाग्ने बताए । पहिलो चरणको लिग र सेमिफाइनल खेलहरु देवदह क्रिकेट मैदानमा खेलाईएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ४७ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा