काठमाडौँ । बालुवाटारमा जारी ४ दलको बैठकमा थप तीनदल सहभागी भएपछि अहिले ७ दलका शिर्श नेताहरुको बैठक चलिरहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुको छलफलमा लोसपा, जनमत र नागरिक उन्मुक्तिका नेताहरु प्रवेश गरेका छन् ।
राष्ट्रपतिको चुनावका लागि सहमति कायम गर्न जारी चार दलको बैठकमा थप तीन दल सहभागी भएपछि ७ दलीय बैठक चलेको हो । पुरानो गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा बैठकमा सहभागी भएपनि राजमोका नेताहरु भने बैठकमा पुगेका छैनन् ।
चार दलको बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतकावरिष्ठ उपाध्यक्ष अबदुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रंजिता श्रेष्ठबैठक कक्षमा प्रवेश गरेको बताइएको छ ।



















प्रतिक्रिया