३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा अखिल क्रान्तिकारीबाट खवास उठ्ने



बुटवल । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले बुटवल बहुमुखीको सभापतिमा शिव खवासलाई उम्मेदवार बनाउने भएको छ ।

अखिल(क्रान्तिकारी) मुल इकाई समितिको पाँचौ बैठकले खवासको नाम सर्वसम्मत निर्णय गर्दै उम्मेदवारका लागि केन्द्रलाई सिफारिस गरेको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथि अखिल क्रान्तिकारीका नेता अनुप पोख्रेलले अखिल क्रान्तिकारी अन्य बिध्यार्थी संगठन भन्दा फरक र बलियो संगठन भएको दाबी गरे । उनले बिगतमा पनि क्याम्पसलाई व्यबस्थित बनाउन अखिल क्रान्तिकारीको मुख्य भुमिका रहेको बताए ।

त्यस्तै बिशिस्ट अतिथी टेकराज रेग्मीले पनि स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले बिशेष र बिध्यार्थीले प्रत्येक्ष लाभ लिने बिषयलाई ऐजेण्डा बनाएर अगाडि बढे निर्वाचन जित्ने निश्चित रहेको बताए।

बैठकमा केन्द्रिय सदस्य तथा स्ववियु बिशेष ईन्चार्ज टेकराज रेग्मी, माओवादी केन्द्र बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसाल तथा अखिल क्रान्तिकारीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ३२ बजे

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा